मिसेस नेपाल वल्र्ड २०२४ को लागि आवेदन खुल्ला



काठमाडौं । विवाहित महिलाहरुबीचको सौन्दर्य प्रतियोगिता मिसेस नेपाल वल्र्ड २०२४ को लागि बिहीबारबाट आवेदन खुल्ला भएको छ ।

बिहीबार राजधानीको कमलादिस्थित दुई सय ५६ फिट उचाईको २२ औं तल्लामा अवस्थित स्काई वाक टावरमा पत्रकार भेटघाट गर्दै आयोजक संस्था रिवन इन्टरटेनमेन्टले मिसेस नेपाल वल्र्डका लागि आवेदन खुल्ला गरिएको जानकारी गराएको हो ।

आयोजक संस्थाका अध्यक्ष निशुकान्त झाले नयाँ संस्करणको मिसेस नेपाल वल्र्ड २०२४ आगामी कात्तिक १० गते कमलादिस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा हुनेछ। यसका लागि आगामी भाद्र ८ गते नयाँ वानेश्वस्थित अर्याल इन्टरनेशनल होटलमा पहिलो चरण्को अडिसन गरिने झाले जानकारी गराए ।

यस वर्ष पनि मिसेस नेपाल वल्र्डको विजेताले अमेरिकामा हुने मिसेस वल्र्डमा सहभागिता जनाउने अवसर प्राप्त गर्ने जानकारी उनले गराए । यसका साथसाथै, सोही मञ्चमा मिसेस नेपाल इन्टरनेसनल र एमएस इन्टरनेसनल उपाधि विजेता समेत चयन गरिने आयोजक निशुकान्त झाले जानकारी गराए । यस पटक हामी केहि परिमार्जित र फरक किसिमले कार्यक्रम गर्नेछौँ । जुन, महिला सशक्तिकरणका लागि उपलब्धिमुलक कार्यक्रम सावित हुनेछ उनले भने ।

कार्यक्रममा मिसेस नेपाल वल्र्ड २०२३ तथा मिसेस वल्र्डकी ह्युम्यनेटेरियन अवार्ड २०२३ विजेता पृथ्वीया थापाले यस प्रतियागीताले विवाहित र विभिन्न पेशामा आवद्ध महिलाईलाई थप माथि उठ्ने मौका दिने बताइन्।

प्रकाशित मिति : श्रावण १०, २०८१ बिहीबार  ७ : १८ बजे