८४ बर्षिय युनुस बने बंगलादेशको अन्तरिम सरकार प्रमुख



काठमाडौं । बंगलादेशको अन्तरिम सरकारको प्रमुखमा डा। मोहम्मद युनुस नियुक्त भएका छन् ।

नोबेल पुरस्कार विजेता युनुसलाई राष्ट्रपति मोहम्मद शहाबुद्दीनले अन्तरिम सरकार प्रमुख नियुक्तिको घोषणा गरेका हुन् ।

मंगलबार राति राष्ट्रपति र आरक्षण विरोधी विद्यार्थी आन्दोलनका संयोजकहरुबीचको बैठकपछि युनुसको नेतृत्वमा अन्तरिम सरकार गठन गर्ने निर्णय भएको थियो ।

यसअघि मंगलबार राष्ट्रपतिले बंगलादेशको संसद भंग गरेर अन्तरिम सरकार गठनको बाटो खोलिदिएका थिए ।

८४ बर्षिय यूनुसले बंगलादेशमा ग्रामिण बैंकको स्थापना गरेर गरिबी विरोधी अभियान संचलान गरेका कारण २००६ मा नोबेल शान्ती पुरस्कार पाएका थिए ।

प्रकाशित मिति : श्रावण २३, २०८१ बुधबार  ९ : ४० बजे