बूूधबार ४५.८८ अंकले बढ्यो सेयर बजार, कारोबार रकम पनि बढ्यो



काठमाडौं । धितोपत्र दोस्रो बजारमा सेयर बजार नेप्से परिसूचक ४५.८८ अंक बढेर बन्द भएको छ । बूूधबार नेप्से १.७१ प्रतिशतले बढेर २,७१५.७१ विन्दुमा पुगेर बन्द भएको हो ।

यस दिन बैंकिङ सेक्टरले नै बजारलाई बढाएको छ ।कारोबार रकम पनि बढेको छ । अघिल्लो दिन ४ अर्ब ४१ करोडको कारोबार भएकोमा आज ५ अर्ब ५ करोडको कारोबार भएको छ ।

विकास बैंक १.६३, फाइनान्स १.८३, होटल तथा टुरिजम १.०५, हाइड्रोपावर १.९६, लगानी ०.७९, जीवन बीमा १.०७, उत्पादन ०.६०, माइक्रोफाइनान्स ०.४२, निर्जीवन बीमा १.०३, अन्य ०.५७ र व्यापार समूह १.५६ प्रतिशत बढ्यो ।

आज २१२ कम्पनीको सेयर मूल्य वृद्धि भएको छ भने २८ कम्पनीको सेयर मूल्य घट्यो र तीन कम्पनीको सेयर मूल्य स्थिर छ ।

प्रकाशित मिति : २६ मंसिर २०८१, बुधबार  ४ : ०४ बजे