सोमबार उच्च अंकले घट्यो सेयर बजार, कारोबार रकममा गिरावट



काठमाडौँ । सोमबार सेयर बजारमा पहिरो गएको छ। आज नेप्से परिसूचक ५१.३७ अंकले घटेर २६३०.९१ को विन्दुमा पुगेको छ।

आज सोमबार पाँच अर्ब ९३ करोडको सेयर कारोबार भएको छ।

३०४ कम्पनीका ६७ हजार ६४८ पटकको कारोबारमा १ करोड २७ लाख ४५ हजार ७७७ कित्ता सेयर खरिद बिक्री हुँदा ५ अर्ब ९३ करोड ५६ लाख ४ हजार ८४७ रुपैयाँ रहेको छ।

१३ उपसमूहमध्ये सबै राताम्मे हुँदा कुथेली बुखरी स्मल हाइड्रोपावरको सेयरमा सकारात्मक सर्किट लागेको छ।

१५ कम्पनीको सेयर मूल्य बढ्दा २२७ कम्पनीको घटेको छ भने २ कम्पनीको मूल्य स्थिर रहेको छ। आज एनआरएन इन्फ्रास्ट्रक्चरमा लगानीकर्ता झुम्मिएका छन्।

प्रकाशित मिति : पुस १, २०८१ सोमबार  ३ : ५८ बजे