प्रभु बैंकका ग्राहक तथा कर्मचारीहरुले विभान्ता र हिमाल डेन्टल हस्पीटलमा छुट पाउने



काठमाडौं । विभान्ता डेन्टल हस्पीटल र हिमाल डेन्टल हस्पीटलमा प्रभु बैंकका ग्राहक तथा कर्मचारीहरुलाई विशेष छुट हुने भएको छ ।

हिमाल डेन्टल हस्पीटल र प्रभु बैंक लिमिटेडका ग्राहक तथा कर्मचारीहरुलाई विभान्ता र हिमाल डेन्टल हस्पीटलको दन्त सेवा सुविधामा विशेष छुट प्रदान गर्ने सम्झौता भएको हो ।

सम्झौतापत्रमा विभान्ता डेण्टल हस्पिटल र हिमाल डेन्टल हस्पीटलका तर्फबाट अध्यक्ष तथा प्रबन्ध निर्देशक राजेन्द्र प्रसाद भट्ट र महाप्रबन्धक किशोर भट्ट तथा प्रभु बैंकका तर्फबाट चिफ मार्केटीङ अफिसर निरज लम्साल र मार्केटीङ म्यानेजर सबिन राणाले संयुक्त हस्ताक्षर गरेका हुन्।

सम्झौता अनुसार बैकंका कर्मचारी र कर्मचारीका परिवारजन तथा ग्राहकहरुले विभान्ता डेन्टल हस्पीटल र हिमाल डेन्टल हस्पीटलमा २० % छुट पाउनेछन ।

ग्राहकहरुको रोजाईको अग्रणी बैंकको रुपमा रहेको तथा हालसालै “बैंक अफ द इयर २०२३” को उपाधिबाट सम्मानित प्रभु बैंकले नेपालभर ३११ शाखा कार्यालयहरु, २८४ एटीएम साथै ६९ एक्सटेन्सन काउन्टर मार्पत करिब ३५ लाख भन्दा बढि ग्राहकहरुलाई सेवा दिदै आएको छ । ‘बिश्वास लिन्छौं, विश्वास दिन्छौं’ भन्ने मुल नाराका साथमा बैंकिङ एवं वित्तीय सेवा प्रवाह गरिरहेको प्रभु बैंकले अत्याधुनिक प्रविधि मार्फत गुणस्तरीय सेवा प्रवाह गर्दै प्रतिस्पर्धी रुपमा अगाडि बढिरहेको छ ।

प्रकाशित मिति : पुस ११, २०८१ बिहीबार  २ : ०७ बजे