नेपाल टेलिकमबाट भारतमा फोन गर्दा प्रतिमिनेट ३ रुपैयाँ ७६ पैसा लाग्ने



काठमाडौँ । नेपाल टेलिकमले आफ्नो नेटवर्क प्रयोग गरेर भारतमा फोन गर्दा प्रतिमिनेट ३ रुपैयाँ ७६ पैसा लाग्ने नयाँ महसुल दर सार्वजनिक गरेको छ।

टेलिकमले नेपालका उपभोक्ताहरूलाई सस्तो मूल्यमा भारतसँग संवाद गर्नको लागि सुविधा प्रदान गर्नेछ।

भारतमा सस्तो दरमा कल गर्नका लागि लागु गरिएको विभिन्न विकल्पहरु मध्ये एक्सेस कोड १४२४ को प्रयोग गरेर हुने वाह्यगमन कलको नयाँ महसुल दर निर्धारण गरिएको टेलिकमले मंगलबार (आज) जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

पुस १५ गते राति १२ बजेदेखि एक्सेस कोड १४२४ को महसुल दर कर बाहेक प्रति मिनेट रु। ३.७६ कायम गरिएको हो ।

नेपाल टेलिकमका अनुसार, यसका साथै एक्सेस कोड १४२४, १४२५ र १४४५ प्रयोग गरेर भारतमा गर्नुपर्ने बाह्यगमन कलको पल्स दर ६० सेकेण्ड तय गरिएको छ।

प्रकाशित मिति : १६ पुस २०८१, मंगलबार  ४ : २३ बजे