काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज सेयर बजार (नेप्से) सोमबार ४९.१२ अंकले बढेको छ। सोमबार बजार बन्द हुँदा नेप्से २६४०.६८ बिन्दुमा पुगेको हो।
सोमबार ६ अर्ब ३० करोड ५४ लाख रुपैयाँको कारोबार भएको छ। २२६ कम्पनीको शेयर मूल्य बढ्दा १२ को घटेको छ भने ४ कम्पनी स्थिर रहे।
आत्मनिर्भर लघुवित्त वित्तीय संस्थाको शेयर मूल्य १० प्रतिशतले बढेर प्रतिकित्ता ६ हजार ७३२ रुपैयाँ पुगेको छ भने सुपर मादी हाइड्रोपावर लिमिटेडको शेयर मूल्य ९.७० प्रतिशतले बढेको छ।
उपकार लघुवित्त वित्तीय संस्था लिमिटेड र सामुदायिक लघुवित्त वित्तीय संस्थाको शेयर मूल्य १० प्रतिशतले घटेको छ। एनआरएन इन्फाइन्ट्रक्चर डेभलपमेन्ट लिमिटेडको सर्वाधिक २९ करोड ९ लाख बराबरको कारोबार भएको नेप्सेको तथ्यांकले देखाएको छ।










