काठमाडौँ । सरकारले सार्वजनिक यातायातको भाडादर वृद्धि गरेको छ।
यातायात व्यवस्था विभागले सोमबारदेखि सार्वजनिक यातायातका यात्रुवाहक तथा मालवाहक सवारी साधनको भाडादर वृद्धि गरिएको जानकारी दिएको हो।
यात्रुवाहक सवारीमा ३.३० प्रतिशत वृद्धि गरिएको छ।
पहाडी बाटोमा सञ्चालन हुने मालवाहक सवारीमा ०.८१ प्रतिशत र तराईको बाटोमा सञ्चालन हुने मालवाहक सवारीमा ०.०५ प्रतिशतले मूल्य वृद्धि गरिएको विभागको भनाइ छ।
पछिल्लो सयम ३१ साउन २०८० मा भाडा समायोजन भएपछि आज नयाँ भाडादर तोकिएको हो ।