मंगलबार ६.१६ अंकले बढ्यो सेयर बजार, ५ अर्ब ३८ करोडको कारोबार



काठमाडौँ । मंगलबार सेयर बजार(नेप्से) ६.१६ अंकले बढेर दुई हजार ६४६ बिन्दुमा बजार बन्द भएको छ। यसदिन सेन्सेटिभ इन्डेक्स ०.८९, फ्लट इन्डेक्स ०.२७ र सेन्सेटिभ फ्लट इन्डेक्स ०.०७ अंकले बढेको छ।

१३ मध्ये ४ उपसमूहको शेयर घट्दा ८ उपसमूहको शेयर बढेको छ भने लगानी समूहको स्थिर छ। कारोबारमा आएका २४३ कम्पनीमध्ये १२६ कम्पनीको शेयर बढ्दा १०७ कम्पनीको शेयरमूल्य घटेको छ। १० कम्पनीको शेयर भने स्थिर रहेको छ।

यसदिन शी विकास बैंक, न्यादी हाइड्रोपावर र प्रभुमहालक्ष्मी लाइफ इन्स्योरेन्सको शेयरमा सकारात्मक सर्किट लागेको छ। यस्तै आत्मनिर्भर लघुवित्त र दोल्ती पावरको शेयर १० प्रतिशतले घटेको छ।

यसदिन कारोबार रकम भने घटेको छ। सोमबार ६ अर्ब ३० करोड ५४ लाख रुपैयाँ बराबरको १ करोड ५४ लाख ६१ हजार २ सय ६४ कित्ता शेयर किनबेच भएकोमा आज ५ अर्ब ३८ करोड रुपैयाँ बराबरको १ करोड २० लाख ८१ हजार ६०६ कित्ता शेयर कारोबार भएको छ।

प्रकाशित मिति : पुस २३, २०८१ मंगलबार  ३ : ५३ बजे