तोलामा ५ सय रुपैयाँले बढ्यो सुनको मुल्य



काठमाडौं । नेपाली बजारमा बुधबार सुनको मूल्य बढेको छ । आज सुनको मूल्य प्रतितोला ५ सय रुपैयाँले बढेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार छापावाल सुन १ लाख ५२ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

मंगलबार सुन प्रतितोला १ लाख ५२ हजार रुपैयाँमा कारोबार भएको थियो ।

आज चाँदीको मूल्य भने स्थिर रहेको छ । बुधबार पनि चाँदी प्रतितोला १ हजार ८ सय ३० रुपैयाँमा नै कारोबार भइरहेको महासंघले जनाएको छ ।

प्रकाशित मिति : पुस २४, २०८१ बुधबार  ११ : २५ बजे