बुधबार सेयर बजार ६.५३ अंकले बढेर २६५३.२३ विन्दुमा



काठमाडौं । धितोपत्र दोस्रो बजार मापक सेयर बजार (नेप्सें) ६.५३अंकले बढेको छ । बुधबार नेप्से ०.२४ ले बढेर २६५३.२३ को विन्दुमा पुगेको छ ।

अघिल्लो दिन ५ अर्ब ३८ करोडको कारोबार भएकोमा आज ६ अर्ब ४० करोडको भएको छ । फाइनान्स सबैभन्दा धेरै ४.७७ र विकास बैंक २.५३ प्रतिशत बढेको हो ।

समृद्धि फाइनान्स र सिन्धु विकास बैंकको मूल्य १० प्रतिशत बढ्यो । चिरख्वा हाइड्रोपावरको ९.८, सप्तकोशी विकास बैंकको ९.७, न्यादी हाइड्रोपावरको ९.३३, आत्मनिर्भर लघुवित्तको ७.४५, रिलायन्स फाइनान्सको ७.२ र ग्रीन डेभलपमेन्ट बैंकको ६.९ प्रतिशत मूल्य बढ्यो । सामुदायिक लघुवित्तको १० प्रतिशत मूल्य घट्यो । बाराही हाइड्रोपावरको ९.६, त्रिशुली जलविद्युत्को ६.१ प्रतिशत घट्यो ।

आज १३९ कम्पनीको सेयर मूल्य बढेको छ भने ९५ कम्पनीको सेयर मूल्य घट्दा ८ को स्थिर रहेको नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले जनाएको छ ।

प्रकाशित मिति : पुस २४, २०८१ बुधबार  ४ : २७ बजे