बिहीबार १८.१४ अंकले घट्यो सेयर बजार, ७ अर्ब ३० करोडको कारोबार



काठमाडौँ । साताको अन्तिम कारोबार दिन बिहीबार सेयर बजारको परिसूचक नेप्से १८.१४ अंक घटेको छ। ६ कारोबार दिनपछि नेप्से घटेको हो।

२६३५ मा आइपुगेको नेप्सेमा कारोबार रकम बढेको छ।

७ अर्ब ३० करोडको कारोबार भएको दिनमा ५५ कम्पनीको मूल्य बढेको छ भने १८० को घट्न पुग्यो।

होटल तथा पर्यटन समूह ०।९९ प्रतिशत बढ्दा अरु बाँकी सेक्टर घटे।

दुई हाइड्रोपावर कम्पनी बाराही र हिमालयन पावर पार्टनरको मूल्य १० प्रतिशत बढ्यो।

कारोबार रकमका आधारमा सुपरमादी हाइड्रोपावर, सप्तकोशी विकास बैंक, सिन्धु विकास बैंक, हिमालयन पावर पार्टनर र एनआरएन इन्फ्रास्ट्रक्चर क्रमशः अगाडि रहे।

प्रकाशित मिति : २५ पुस २०८१, बिहिबार  ४ : १० बजे