काठमाडौं । कुमारी बैंकका ग्राहकहरुले वात्सल्य नेचुरल आईभिएफका सेवाहरुमा विशेष छुट पाउने भएका छन् ।
कुमारी बैंक लिमिटेड र काठमाडौंको नक्शाल स्थित वात्सल्य नेचुरल आईभिएफ प्रा.लि. बीच कुमारी बैंकका ग्राहकहरुलाई वात्सलय नेचुरल आईभिएफको देशभरि रहेका शाखाहरुबाट विशेष छुट प्रदान गर्ने सम्झौता भएको हो ।

सम्झौता अनुसार कुमारी बैंकका ग्राहकहरूलाई वात्सल्य आईभिएफ प्याकेजमा रु.१०,००० को छुट प्रदान गरिनेछ । तेस्तै उपचारको क्रममा आवश्यक पर्ने सबै प्याथोलोजी परीक्षणहरूमा १०% र औषधि खरिदमा ५% सम्म छुट प्रदान गरिनेछ ।
वात्सल्य नेचुरलले बाँझोपन परिक्षण, बाँझोपन उपचार, प्रजनन क्षमता संरक्षण, दाता उपचार तथा गर्भ परीक्षण लगायतका सेवाहरु प्रदान गर्दै अएको छ ।
विगत २३ वर्ष देखि निरन्तर बैंकिङ्ग सेवा दिदै आएको कुमारी बैंकले देशभर रहेका ३०२ शाखा सञ्जाल, ३१६ एटिएम, ५० एक्सटेन्सन काउन्टर तथा ५४ शाखा रहित बैंकिङ्ग ईकाईहरु मार्फत ग्राहकहरुलाई सहज, सुरक्षित, अत्याधुनिक तथा प्रभावकारी सेवाहरु प्रदान गर्दै आइरहेको छ ।
बैंकले आगामी दिनहरुमा पनि अझ सरल, सुलभ तथा उत्कृष्ट सेवाका निमित्त सहकार्यहरु गर्दै जाने समेत प्रतिबद्धता जनाएको छ ।










