बुधबार ५२.३६ अंकले बढ्यो सेयर बजार,९ अर्ब २० करोडको कारोबार



काठमाडौं । धितोपत्र दोस्रो बजार मापक सेयर बजार (नेप्से) ५२.३६ अंकले बढेको छ ।बुधबार नेप्से परिसूचक २ प्रतिशतले बढेर २,६६५.४५ विन्दुमा बन्द पूगेको हो ।

सबै सेक्टरका सूचक बढेका छन् । अन्य समूह सबैभन्दा धेरै ४.२४ प्रतिशत बढ्यो । बैंकिङ १.३२, विकास बैंक २.७४, फाइनान्स ०.८९, होटल तथा पर्यटन २.७१, हाइड्रोपावर २.१२, लगानी ३.८२, जीवन बीमा १.८९, माइक्रोफाइनान्स १.०७, उत्पादन ०.०८, निर्जीवन बीमा १.००, व्यापार २.४५ प्रतिशत बढेको छ ।

अघिल्लो दिन ६ अर्ब १९ करोडको कारोबार भएकोमा आज (बुधबार) ९ अर्ब २० करोडको कारोबार भएको छ ।

आज १९६ कम्पनीको सेयरमूल्य बढेको छ भने ३७ कम्पनीको सेयरमूल्य घटेको र नौ कम्पनीको सेयरमूल्य स्थिर रहेको नेपाल स्टक एक्सचेन्ज नेप्सेले जनाएको छ ।

प्रकाशित मिति : माघ ९, २०८१ बुधबार  ४ : १९ बजे