सुनको मूल्य घट्यो,तोलामा कति पूग्यो ?



काठमाडौं । नेपाली बजारमा बिहिबार सुनको मूल्य घटेको छ । निरन्तर बढी रहेको सुन आज भने तोलामा ४ सय रुपैयाँले घटेको हो ।

नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला १ लाख ५९ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

बुधबार सुन प्रतितोला १ लाख ६० हजार रुपैयाँमा किनबेच भएको थियो ।

यस्तै आज बिहिबार चाँदीको मूल्य तोलामा १ हजार ८ सय ७५ रुपैयाँमा कारोबार भइरहेको छ ।

प्रकाशित मिति : माघ १०, २०८१ बिहीबार  १० : ४४ बजे