काठमाडौं । स्थानिय बजारमा सुनको मूल्य लगातार तीन दिनदेखि स्थिर छ । छापावाल सुन गत शुक्रबारदेखि स्थिर रहेको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
शुक्रबार प्रतितोला एक लाख ६२ हजार ८०० रुपैयाँमा कारोबार भएको थियो । त्यसयताका दिनमा सोही मूल्यमा कारोबार भइरहेको छ ।
आज पनि छापावाल सुन प्रतितोला एक लाख ६२ हजार ८०० रुपैयाँमा कारोबार भइरहेको छ ।
आज चाँदीको मूल्य भने १५ रुपैयाँ घटेर एक हजार ८९५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।