सोमबार सेयर बजारमा सामान्य वृद्धि, कारोबार घट्यो



काठमाडौं । धितोपत्र दोस्रो बजार मापक सेयर बजार (नेप्से) २.४१ अंकले बढेर २७३० विन्दुमा बन्द भएको छ ।

यस दिन ११ अर्ब ८७ करोड ५९ लाख रुपैयाँको सेयर कारोबार भएको छ । आइतबार १२ अर्ब ९५ करोड ५७ लाख रुपैयाँको सेयर कारेबार भएको थियो ।

बैंकिङ ०.५४, जीवन बीमा ०.६७, उत्पादन तथा प्रशोधन ०.२७, माइक्रोफाइनान्स ०.१०, निर्जीवन बीमा ०.८० र व्यापार ०.७९ प्रतिशत बढे ।अन्य ०.६०, लगानी ०.४७, हाइड्रोपावर ०.४८, होटल तथा पर्यटन ०.०१, फाइनान्स १.०७ र विकास बैंक समूह ०.३९ प्रतिशत घटेको हो ।

सोमबार ९७ कम्पनीको सेयर मूल्य वृद्धि भएको छ भने १३७ कम्पनीको सेयर मूल्य घटेको र आठ कम्पनीको सेयर मूल्य स्थिर रहेको नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले जनाएको छ ।

प्रकाशित मिति : २१ माघ २०८१, सोमबार  ४ : १३ बजे