कुमारी बैंकको चौबिसौं वार्षिक साधारण सभा सम्पन्न



काठमाडौं । कुमारी बैंक लिमिटेडको चौबिसौं वार्षिक साधारण सभा सम्पन्न भएको छ ।

सोमबार काठमाण्डौंको टुँडिखेलस्थित त्रिभुवन आर्मी अफिसर्स क्लबमा बैंकको चौबिसौं वार्षिक साधारण सभा सम्पन्न भएको हो ।

साधारण सभाले २०८०/८१ को सञ्चालक समितिको वार्षिक प्रतिवेदन, लेखा परीक्षण प्रतिवेदन सहित आ.ब. २०८०/८१ आषाढ मसान्त सम्मको वासलात, नाफा–नोक्सान हिसाब लगायतका वित्तीय विवरण र आ.ब.२०८१/८२ को लागि वाह्य लेखापरीक्षक नियुक्ति तथा निजको पारिश्रमिक तोक्ने प्रस्ताव पारित गरेको बैंकले जनाएको छ ।

कुमारी बैंकले विगत २३ वर्ष देखि देशभरका ३०२ शाखा सञ्जाल, ३१६ एटिएम, ५० एक्सटेन्सन काउन्टर तथा ५४ शाखा रहित बैंकिङ्ग ईकाईहरु मार्फत ग्राहकहरुलाई सहज, सुरक्षित, अत्याधुनिक तथा प्रभावकारी सेवाहरु प्रदान गर्दै आइरहेको छ । बैंकले आगामी दिनहरुमा पनि अझ सरल, सुलभ तथा उत्कृष्ट सेवाका निमित्त सहकार्यहरु गर्दै जाने समेत प्रतिबद्धता जनाएको छ ।

प्रकाशित मिति : माघ २१, २०८१ सोमबार  ४ : ५३ बजे