मंगलबार सेयर बजार १४.०८ अंकले घटेर २७१५.९१ विन्दुमा



काठमाडौं । धितोपत्र दोस्रो बजार मापक सेयर बजार (नेप्से) १४.०८ अंकले घटेर बन्द भएको छ । मंगलबारनेप्से परिसूचक ०.५१ प्रतिशतले घटेर २७१५.९१ विन्दुमा बन्द भएको छ ।

यसदिन आठ अर्ब ९१ करोड ९६ लाख रुपैयाँको सेयर कारोबार भएको नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले जनाएको छ ।

विकास बैंक सबैभन्दा धेरै २.६ प्रतिशत घट्यो । बैंकिङ ०.५७, फाइनान्स १.७०, होटल तथा पर्यटन १.७९, लगानी ०.५०, जीवन बीमा ०.२४, उत्पादन १.१३, माइक्रोफाइनान्स ०.६४, निर्जीवन बीमा ०.५७ र व्यापार ०.५२ प्रतिशत घटे ।

७१ कम्पनीको सेयर मूल्य बढेको छ भने १६२ कम्पनीको सेयर मूल्य घटेको छ र नौ कम्पनीको सेयर मूल्य स्थिर रहेका नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले जनाएको छ ।

प्रकाशित मिति : माघ २२, २०८१ मंगलबार  ५ : ०६ बजे