४.४५ अंकले घट्यो सेयर बजार, आठ अर्ब ९५ करोडको कारोबार



काठमाडौं । धितोपत्र दोस्रो बजार मापक सेयर बजार (नेप्से) ४.४५ अंकले घटेको छ ।

आज नेप्से ०.१६ प्रतिशतले घटेर २७११.४५ विन्दुमा बन्द भएको छ ।यस दिन आठ अर्ब ९५ करोड ८० लाख रुपैयाँमा सेयर कारोबार भएको छ ।

बैंकिङ ०.२६, विकास बैंक ०.९१, होटल तथा पर्यटन ०.४८, लगानी ०.२४, जीवन बीमा ०.३१, उत्पादन ०.८१, माइक्रोफाइनान्स ०.२६ तथा व्यापार १.४२ प्रतिशत घटे ।उपकार लघुवित्त, छ्याङ्दी हाइड्रोपावर र सेन्ट्रल फाइनान्सको मूल्य १० प्रतिशत बढ्यो । पोखरा फाइनान्सको ९.८१, समृद्धि फाइनान्सको ९.४६, भूगोल इनर्जीको ९, गुहेश्वरी मर्चेन्ट फाइनान्सको ८ प्रतिशत मूल्य बढ्यो । दुई कम्पनी सामुदायिक लघुवित्त र कर्पोरेट डेभलपमेन्ट बैंकको मूल्य १० प्रतिशत घट्यो ।

यस दिन ११३ कम्पनीको सेयर मूल्य वृद्धि भएको छ भने १२२ कम्पनीको सेयर मूल्य घटेको छ र सात कम्पनीको सेयर मूल्य स्थिर रहेको नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले जनाएको छ ।

प्रकाशित मिति : २३ माघ २०८१, बुधबार  ३ : ५८ बजे