प्रभु बैंकले दुग्ध उत्पादक किसानहरुलाई कर्जा प्रवाह गर्ने



काठमाडौं । चितवन जिल्ला दुग्ध उत्पादक सहकारी सङ्घ र प्रभु बैंक लिमिटेडबिच किसानहरुलाई लक्षित गरी कर्जा प्रवाह गर्ने समझदारी भ्एको छ ।

प्रथम राष्ट्रिय डेरी एक्स्पो २०८१ समारोहमा चितवन जिल्ला दुग्ध उत्पादक सहकारी सङ्घ र प्रभु बैंक लिमिटेडले किसान वर्गलाई लक्षित गरी ऋण कर्जा प्रवाह गर्ने समझदारी गरेका हुन्।

उक्त समझदारी पत्रमा चितवन जिल्ला दुग्ध उत्पादक सहकारी संस्था लिमिटेडको तर्फबाट संस्थाका अध्यक्ष किशोर बगाले र प्रभु बैंक लिमिटेडको तर्फबाट प्रदेश प्रमुख सांग्रीला श्रेष्ठले हस्ताक्षर गरे

प्रभु बैंकले नेपालभर ३११ शाखा कार्यालयहरु, २८४ एटीएम साथै ६९ एक्सटेन्सन काउन्टर मार्फत करिब ३५ लाख भन्दा बढि ग्राहकहरुलाई अत्याधुनिक प्रविधिसहितको गुणस्तरीय सेवा प्रवाह गरिरहेको छ । बैंक फिनाकल ईन्फोसिस ईनोभेसन गोल्ड(२०२४ अवार्डबाट पनि सम्मानित भएको छ ।

प्रकाशित मिति : २५ माघ २०८१, शुक्रबार  ६ : २८ बजे