काठमाडौं । स्थानिय बजारमा सुनको मूल्य तोलामा १०० रुपैयाँ घटेको छ ।
आज सुनको मूल्य प्रतितोला एक लाख ६८ हजार २०० रुपैयाँमा कारोबार भइरहेको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
आज चाँदीको मूल्य २५ रुपैयाँ घटेर प्रतितोला एक हजार ९६० रुपैयाँ कारोबार भइरहेको महासंघले जनाएको छ ।














