आइतबार सुनचाँदीको मूल्य घट्यो, कतिमा हुदैछ कारोबार ?



काठमाडौं । साताको पहिलो कारोवार दिन नेपाली बजारमा आइतबार सुनको मूल्य घटेको छ ।

अघिल्लो दिनको तुलनामा आज छापावाल सुनको मूल्य तोलामा २७ सय रुपैयाँले घटेको हो ।

जसअनुसार आइतबार छापावाल सुनको मूल्य तोलामा १ लाख ६७ हजार ५०० रुपैयाँ कायम भएको छ । यसअघि शुक्रबा छापावाल सुनको मूल्य तोलामा १ लाख ७० हजार २०० रुपैयाँ कायम भएको थियो ।

यस्तै आइतबार चाँदीको मूल्य पनि घटेको छ । शुक्रबार तोलामा १ हजार ९७० रुपैयाँमा कारोवार भएको चाँदी आज १५ रुपैयाँले घटेर १ हजार ९५५ रुपैयाँमा कारोवार भैइरहेको छ ।

प्रकाशित मिति : ४ फाल्गुन २०८१, आइतबार  १० : ५८ बजे