आइतबार सेयर बजार १९.५६ अंकले बढेर २६९८.०३ बिन्दुमा



काठमाडौं ।आइतबार सेयर बजार १९.५६ अंकले बढेर बजार २६९८.०३ बिन्दुमा पुगेको छ। ९ अर्ब ४७ करोड रुपैयाँको कारोबार भएको बजारमा १७६ कम्पनीको सेयर मूल्य बढेको छ। ६३ कम्पनीको सेयर मूल्य घटेको छ भने ४ कम्पनीको मूल्यमा परिवर्तन भएको छैन।

गएको साता पहिलो कारोबारमा आइतबार ११.४९ अंकले घटेको बजार सोमबार पनि १०.९८ अंकले घटेको थियो। मंगलबार ६.५४ अंकले बढेको बजार बुधबार पनि १.८६ अंकले बढेको थियो। बिहीबार बजार ७.२६ अंकले घटेर २६७८.४७ बिन्दुमा झरेको थियो।

गएको पुस महिनामा नै ८८.१३ अंकले ओरालो लागेको सेयर बजारमा माघ महिनामा ९१.६ अंकको सुधार देखिएको थियो। फागुन महिनामा बजारले नयाँ उचाइतर्फको लय समात्ने अपेक्षामा लगानीकर्ता रहेका छन्।

बजारको अहिलेको अवस्थामा लगानीकर्ता पर्ख र हेरकै सोचमा देखिन्छन्। बजारले उचाइ लिनसक्ने अवस्था रहे पनि लगानीकर्तामा विश्वास नदेखिँदा उतारचढावको अवस्थामा रहेको विश्लेषकहरू बताउँछन्। बजार लामो समयदेखि उही बिन्दु वरपर तलमाथि भइरहेको छ।

प्रकाशित मिति : फाल्गुन ४, २०८१ आईतबार  ४ : ५२ बजे