कुमारी बैंकका ग्राहकहरुले सूर्यविनायक मिसन हस्पिटलमा विशेष छुट पाउने



काठमाडौं । कुमारी बैंकका ग्राहकहरुले भक्तपुरमा रहेको सूर्यविनायक मिसन हस्पिटलमा विशेष छुट पाउने भएका छन् ।

कुमारी बैंक लिमिटेड र भक्तपुरको सूर्यविनायक–१०, मिलनचोकमा रहेको सूर्यविनायक मिसन हस्पिटल प्रा.लि. बिच कुमारी बैंकका ग्राहकहरुलाई हस्पिटलबाट प्रदान गरिने विभिन्न सेवाहरुमा विशेष छुट प्रदान गर्ने सम्झौता भएको हो ।

सम्झौता बमोजिम कुमारी बैंकका ग्राहकहरुले सूर्यविनायक मिसन हस्पिटलबाट प्रदान गरिंदै आएका सेवाहरुमा ग्राहकहरूलाई प्रयोगशाला परीक्षण, एक्स–रे, युसिजी तथा ओपिडि टिकटमा २०% छुट र औषधिमा १०% छुट पाउने छन् ।

विगत २३ वर्ष देखि निरन्तर बैंकिङ्ग सेवा दिदै आएको कुमारी बैंकले अनवरतरुपमा वित्तिय साक्षरता प्रवद्र्धन गर्दै आफ्ना देशभर रहेका ३०२ शाखा सञ्जाल, ३१६ एटिएम, ५० एक्सटेन्सन काउन्टर तथा ५४ शाखा रहित बैंकिङ्ग ईकाईहरु मार्फत ग्राहकहरुलाई अत्याधुनिक तथा प्रभावकारी सेवाहरु प्रदान गर्दै आइरहेको छ ।

बैंकले आगामी दिनहरुमा पनि अझ सरल, सुलभ तथा उत्कृष्ट सेवाका निमित्त सहकार्यहरु गर्दै जाने समेत प्रतिबद्धता जनाएको छ ।

प्रकाशित मिति : फाल्गुन ५, २०८१ सोमबार  ३ : ०६ बजे