२९.८७ अंकले बढ्यो सेयर बजार, १० अर्ब चार करोडको कारोबार



काठमाडौं । धितोपत्र दोस्रो बजार मापक सेयर बजार (नेप्से) २९.८७ अंकले बढेर बन्द भएको छ । यस दिन नेप्से परिसूचक १.१० प्रतिशतले वृद्धि भएर २७२७.८७ विन्दुमा पूगेको छ ।

आज १० अर्ब चार करोड ९६ लाख रुपैयाँको सेयर कारोबार भएको छ । बैंकिङ सेक्टरमा आएको उल्लेख्य वृद्धिका कारण यस दिन समग्र बजार बढ्यो । पूँजीकरणका आधारमा सबैभन्दा ठूलो सेक्टर रहेकाले बैंकिङको प्रभाव बढी पर्दछ । यो सेक्टर आज नेप्सेभन्दा बढी २.१६ प्रतिशत बढ्यो ।

त्यस्तै विकास बैंक ०।३३, होटल तथा पर्यटन २.२९, लगानी ०.२०, जीवन बीमा ०.८९, उत्पादन ०.७७, माइक्रोफाइनान्स २.४५, निर्जीवन बीमा १.०७ र अन्य समूह २.४७ प्रतिशत बढे ।

१६६ कम्पनीको मूल्य बढ्दा ७४ को घट्यो भने ४ को स्थिर रहेको नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले जनाएको छ ।

प्रकाशित मिति : फाल्गुन ५, २०८१ सोमबार  ४ : ३१ बजे