११.६६ अंकले बढ्यो सेयर बजार, ११ अर्ब ५४ करोडको कारोबार



काठमाडौं । धितोपत्र दोस्रो बजार मापक सेयर बजार (नेप्से) ११.६६ अंकले बढेको छ । नेप्से ०.४२ प्रतिशतले बढेर २७५५.४० को विन्दुमा पुगेको छ ।

यस दिन ११ अर्ब ५४ करोड ८३ लाख रुपैयाँमा दुई करोड १२ लाख ६ हजार पाँच कित्ता सेयर कारेबार भएको छ ।

गार्डियन माइक्रोलाइफ इन्स्योरेन्सको मूल्य १० प्रतिशत बढ्यो । छ्याङ्दी हाइड्रोपावरको ८.०२, बोटलर्स नेपाल बालाजुको ७.२९, नेपाल पुनर्बीमाको ७.०५, विन नेपाल लघुवित्तको ६.३, घलेम्दी हाइड्रोपावरको ५.८ तथा हिमालयन रिको ५.१ प्रतिशत मूल्य बढ्यो ।

यस दिन ९२ कम्पनीको सेयर मूल्य बढेको छ भने १४७ कम्पनीको सेयर मूल्य घटेको र चार कम्पनीको सेयर मूल्य स्थिर रहेको नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले जनाएको छ ।

प्रकाशित मिति : फाल्गुन ११, २०८१ आईतबार  ४ : ३६ बजे