सुनको मूल्यमा सामान्य गिरावट, तोलामा कति पूग्यो ?



काठमाडौं । स्थानिय बजारमा हालसम्मकै उच्च मूल्यको रेकर्ड बनाएको सुनको मूल्य ८०० रुपैयाँले घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसारआज सुन प्रतितोला एक लाख ७० हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ ।

यसदिन चाँदीको मूल्य ३० रुपैयाँ घटेर एक हजार ९४० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

प्रकाशित मिति : फाल्गुन १४, २०८१ बुधबार  ११ : ३० बजे