काठमाडौं ।स्थानिय बजारमा सुनको मूल्य सामान्य घटेको छ ।
बिहीबार सुनको मूल्य तोलामा २०० रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
आज छापावाल सुन प्रतितोला एक लाख ७० हजार ३०० रुपैयाँ कायम भएको छ ।
चाँदीको मूल्य भने तोलामा पाँच रुपैयाँले बढेको छ । चाँदी प्रतितोला एक हजार ९४५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।










