काठमाडौं । सत्तारुढ दल नेकपा एमालेको सचिवालय बैठक जारी छ ।
दिउँसो २ बजेबाट च्यासलस्थित पार्टी कार्यालयमा बैठक बसिरहेको हो । बैठकमा सरकारले ल्याएका अध्यादेश पारित गर्ने विषयमा छलफल हूँदै छ ।
सरकारले जारी गरेको ६ वटा अध्यालेश संसदमा पेश हुन सकेको छैन। प्रतिनिधि सभामा सत्ता पक्षको बहुमत भए पनि राष्ट्रिय सभामा संख्या अपुग छ।
सत्तापक्षमै रहेका लोकतान्त्रिक समाजवादी, जनता समाजवादी पार्टी नेपालले भूमि अध्यादेशको विरोध गरेकाले सरकारले संसदमा स्वीकृतिका लागि कार्यसूचीमा राख्न सकेको छैन।














