झिनो अंकले घट्यो सेयर बजार, १० अर्ब १० करोडको कारोबार



काठमाडौं । धितोपत्र दोस्रो बजार मापक नेप्से परिसूचक झिनो अंकले घटेको छ । आज नेप्से परिसूचक २.२७ अंकले घटेर २८१८.४३ विन्दुमा बन्द भएको छ ।

यस दिन १० अर्ब १० करोड रुपैयाँको सेयर कारोबार भएको छ ।

विकास बैंक सेक्टर सबैभन्दा धेरै १.८६ प्रतिशत बढ्यो । त्यस्तै बैंकिङ ०.०३, उत्पादन ०.२४, माइक्रोफाइनान्स ०.०५ प्रतिशत बढे । फाइनान्स ०.२३, होटल तथा पर्यटन ०.५७, हाइड्रोपावर ०.०६, लगानी ०.१४ तथा जीवन बीमा ०.८०, निर्जीवन बीमा ०.०४, अन्य ०.७१ तथा व्यापार ०.२४ प्रतिशत घटे ।

आज ९९ कम्पनीको सेयर मूल्य वृद्धि भएको छ भने १३२ कम्पनीको सेयर मूल्य घटेको र १२ कम्पनीको सेयर मूल्य स्थिररहेको नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले जनाएको छ ।

प्रकाशित मिति : फाल्गुन २२, २०८१ बिहीबार  ४ : १९ बजे