मेरो बोल्ने समय एकदमै नजिक आउँदैछ, प्रतीक्षा गर्नुहोला: रवि लामिछाने



काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले अहिलेसम्म आफू मौन रहेको बताउँदै अब बोल्ने समय निकै नजिक आएको बताएका छन् ।

जिल्ला अदालत रुपन्देहीले सुप्रिम सहकारी प्रकरणमा आफूसँग मागेको १ करोड धरौटी खारेजको माग लिएर उच्च अदालत तुलसीपुरको बुटवल इजलाशमा गएका रविले आज यस्तो प्रतिक्रिया दिएका हुन् ।

रवि लामिछानेले भने – “मेरो बोल्ने समय निकै नजिक आउँदैछ । म बोल्ने नै मान्छे हुँ । प्रतीक्षा गर्नुहोला । छोटो प्रतीक्षापछि विशेष सम्बोधनसहित आउँदैछु,”

प्रकाशित मिति : फाल्गुन २६, २०८१ सोमबार  १ : ५० बजे