प्रतिनिधिसभामा आर्थिक कार्यविधि तथा वित्तिय उत्तरदायित्व विधेयक-२०८१ प्रस्तुत



काठमाडौं । आर्थिक कार्यविधि तथा वित्तिय उत्तरदायित्व (पहिलो संशोधन) विधेयक( २०८१ प्रतिनिधि सभामा प्रस्तुत भएको छ । उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले सो विधेयक प्रतिनिधिसभामा पेश गरेका हुन् ।

सरकारले ‘आर्थिक कार्यविधि तथा वित्तिय उत्तरदायित्व (पहिलो संशोधन) विधेयक, २०८१’ जारी गरेको थियो ।

सो विधेयकलाई प्रस्तुत गर्न अनुमति माग्ने प्रस्तावमाथि प्रभु साह, प्रकाश ज्वाला, प्रेम सुवाल, चित्रबहादुर केसी, देवेन्द्र पौडेल र नारायणी शर्माबाट प्राप्त विरोधको सूचनाहरुलाई निर्णयार्थ पेश गरिएको थियो ।

प्रकाशित मिति : फाल्गुन २८, २०८१ बुधबार  २ : २३ बजे