श्रीलंकासँग द्विपक्षीय सहकार्य बढाउन पहल गर्छु : नवनियुक्त राजदूत नेपाली



काठमाडौं । श्रीलंकाका लागि नेपालका नवनियुक्त राजदूत डा.पूर्णबहादुर नेपालीले देशको विकासका लागि आफु सधै प्रतिवद्ध रहेको बताएका छन् ।

काठमाडौंमा नेपाल दलित संघ, नेविसंघ, तरुण दल र नेपाली कांग्रेस लुम्विनी प्रदेश, विधार्थी समन्वय विभागको सयुक्त आयोजनामा भएको बधाई तथा शुभकामना कार्यक्रममा बोल्दै उनले देशको हितलाइ केन्द्रमा राखेर सरकारले दिएको जिम्मेवारीलाई कुशलतापूर्वक सम्पन्न गर्न प्रतिवद्ध रहेको बताएका हुन् ।

राजदूत नेपालीले नेपाल–श्रीलंका प्रत्यक्ष हवाई उडान र श्रीलंकासँग द्विपक्षीय शैक्षिक, अनुसन्धान मूलक तथा नीतिगत सहकार्य गर्नुपर्ने र त्यसका लागि आफूले पहल-कदमी लिने बताए ।

उनले अनुसन्धानमूलक तथा नीतिगत सहकार्य गर्नुपर्ने र दुई देशका विश्वविद्यालय बीच सहकार्य तथा साझेदारी गरेर अनुसन्धान र थिंक ट्यांक स्थापनाका लागि काम गर्ने बताए ।

उक्त कार्यक्रमका संयोजक तथा नेपालि कांग्रेसको लुम्बिनी प्रदेश, विधार्थी समम्न्वय विभागका प्रमुख पवन नेपालीले नवनियुक्त राजदूत डा. पुर्ण नेपालीको कार्यकालमा नेपाल–श्रीलंकाबीचको सहकार्य झनै बलियो हुने विस्वास ब्यक्त गरे ।

कार्यक्रममा सागर परियार, पुजन गन्धर्ब, महेश नेपाली र होम विश्वकर्मा,प्रेम विश्वकर्मा,शिव सुनार, दिपक सोनी लगायतका नेताहरुको उपस्थिति थियो ।

प्रकाशित मिति : चैत्र ५, २०८१ मंगलबार  १२ : १० बजे