सुनको मूल्य घट्यो,तोलामा कति पूग्यो ?



काठमाडौं ।स्थानिय बजारमा आज सुनको मूल्य प्रतितोला ९०० रुपैयाँ घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनूसार आज सुन एक लाख ७४ हजार १०० रुपैयाँमा कारोबार भइरहेको छ ।

गत शुक्रबार छापावाल सुन प्रतितोला एक लाख ७५ हजार रुपैयाँमा कारोबार भएको थियो ।

आज चाँदी प्रतितोला १५ रुपैयाँ घटेर एक हजार ९८० रुपैयाँमा कारोबार भइरहेको महाघंघले जनाएको छ ।

प्रकाशित मिति : चैत्र १०, २०८१ आईतबार  ११ : ४७ बजे