काठमाडौँ । सामाजिक सञ्जालमार्फत काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन शाहले कानुन मिच्ने भ्रष्टाचारीलाई सरकारले नै संरक्षण गरेको आरोप लगाएका छन् ।
उनले भनेका छन्– यति धेरै कानुन मिच्ने भ्रष्टाचारीलाई बचाउने सरकार, अनि हामी सुशासनको कुरा चाहिँ भाषणमा सुन्नु पर्ने ?
उनले भ्रष्टचारीलाई सरकारले नै बचाएको आरोप लगाउँदै आफूले उठाएका विषयवस्तु गलत भए जेल हाल्न चुनौती दिएका छन् ।















