नेविसंघ सोलुखुम्बु, विगतदेखि वर्तमान सम्म : बाबुराम आचार्य



काठमाडौं । नेपाली कांग्रेसको भातृ संगठन नेपाल विधार्थि संघ ५६ औं वर्षमा प्रवेश गरेको छ । गौरवशालि ईतिहास बोकेको नेविसंघ स्थापनाको ५६ वर्षको अवधिमा २० जनाले नेतृत्व सम्हालेका छन । हाल नेपाली कांग्रेस पार्टिको नेतृत्वमा शभापति शेरवहादुर देउवा, महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मासहित नेविसंघबाटै गएका अधिकांश नेताहरु सक्रिय छन् ।

वि सं २०२७ साल वैशाख ६ गते स्थापना भएको नेविसंघ , सोलुखुम्बु जिल्लामा पनि सक्रिय छ । सोलुखुम्बु जिल्लाका पुर्व अध्यक्षहरु अहिले पनि विभिन्न जिम्मेवारीमा छन ।

यस्तो छ पुर्व अध्यक्ष हरुको अहिलेसम्मको विवरण

१ – गोकर्ण राई

नेविसंघ सोलुखुम्बुको संस्थापक अध्यक्ष राई पहिलो संविधान सभाको सभाषद समेत हुन् । राई थुलुङ दुधकोशि ६ मा जन्मीएका हुन् ।

२ – बसन्तकुमार शर्मा

नेचा सल्यान ३ का शर्मा हाल हिमाल दर्शन क्याम्पस नेचाको क्याम्पस प्रमुखमा कार्यरत छन् ।

३ – पेशल कुमार निरौला

नेचा सल्यान २ का निरौला हाल त्रिभुवन विश्वविद्यालय यसियालि अनुसन्धान केन्द्रमा प्राध्यापक छन् ।

४ – विनोद वस्नेत

थुलुङ दुधकोसि २ का वस्नेत नेपाली काङ्ग्रेस सोलुखुम्बुको पुर्व सभापति समेत हुन् ।

५ – विजय थुलुङ ओसन

थुलुङ दुधकोशि १ का विजय थुलुङ हाल अमेरिकामा छन् ।

६ – सुमन थुलुङ

थुलुङ दुधकोशि ८ का थुलुङ हाल यु के मा छन् ।

७ – वीर वहादुर गुरुङ

थुलुङ दुधकोशि १ का गुरुङ पार्टीको पुर्व महाधिवेशन प्रतिनिधि हुन् । गुरुङ हाल जिल्लाको सक्रिय राजनितीमा छन् ।

८ – सुर्य बहादुर कुलुङ

महाकुलुङ ५ गुदेलका राई नेविसंघको पुर्ब केन्द्रीय सदस्य सदस्य समेत हुन् उनि हाल महाकुलुङ गापा अध्यक्ष छन् ।

९ – चन्द्रप्रसाद आर्चाय

नेचा सल्यान ३ का आर्चाय नेपाली काङ्ग्रेस सोलुखुम्बुको पुर्ब सचिव हुन् भने पार्टी प्रवक्ता तथा संगठन विभाग प्रमुख छन् ।

१० – नवीन थापा

थुलुङ दुधकोशि २ का थापा नेविसंघको पुर्ब केन्द्रीय सदस्य हुन् भने हाल पार्टीको महाधिवेशन प्रतिनिधि र तरुणदलको केन्द्रीय सदस्य छन् ।

११ – पर्खिधन नाछिरिङ

महाकुलुङ १ का नाछिरिङ हाल सोहि वडाको वडा अध्यक्ष छन् ।

१२ – प्रेम कुमार राई

माप्य दुधकोशि ६ का राई हाल कोरियामा छन् ।

१३ – गेल्वु शेर्पा

सोलु दुनपा ९ का शेर्पा हाल व्राईट भिजन फाउन्डेसनमा कार्यरत छन् ।

१४ – महेन्द्रदिप राई

थुलुङ दुधकोशि ६ का राई हाल पार्टीको महाधिवेशन प्रतिनिधि तथा सोहि वडाको वडा अध्यक्ष छन् ।

१५ – मिङमार दोर्जि शेर्पा

सोलु दुनपा २ का शेर्पा सोहि वडाको पुर्व वडा अध्यक्ष हुन् ।

१६ – अस्विन थापा

थुलुङ दुधकोशि १ का थापा हाल तरुण दलको केद्रिय सदस्य हुन् ।

१७ – बाबुराम आचार्य

नेचा सल्यान ३ का आचार्य हाल नेविसंघ केन्द्रीय सदस्य छन् ।

१८ – नवीन वस्नेत

थुलुङ दुधकोशि २ का वस्नेत हाल सोहि वडाको वडा सदस्य छन् ।

वस्नेत जनप्रतिनिधि निर्वाचित भएसछि हाल नेविसंघ सालुखुम्बुको कार्यवाहक अध्यक्षको जिम्मेवारीमा नेचा सल्यान २ का मोहनकृष्ण निरौला छन्

प्रकाशित मिति : बैशाख ७, २०८२ आईतबार  २ : ३६ बजे