सभामुखले बोलाए प्रमुख दलका सचेतकलाई छलफलमा



काठमाडौँ । प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले प्रमुख दलका प्रमुख सचेतकहरूलाई छलफलका लागि बोलाएका छन् ।

छलफल आज बिहान ११ बजे सिंहदरबारमा हुने सभामुखको सचिवालयले जनाएको छ ।

उनीहरुबीच प्रतिनिधि सभाको क्यालेन्डर, वैशाख १२ गतेदेखि सुरु हुने संसदको वर्षे अधिवेशन लगायतका विषयमा छलफल हुन लागेको हो ।

संसद्को बजेट अधिवेशन यही वैशाख १२ गतेबाट सुरु हुँदै छ ।

प्रकाशित मिति : बैशाख १०, २०८२ बुधबार  १० : ३२ बजे