काठमाडौं । नेपाली कांग्रेसका नेता शशांक कोइराला निवासमाआफू पक्षीय नेताहरु छलफलमा जुटेका छन्।
आज नेता कोइरालाले आफू पक्षीय नेताहरु गोपालमान श्रेष्ठ, कृष्ण प्रसाद सिटौला, विजय कुमार गच्छदार, प्रकाशशरण महतलगायतलाई छलफलमा जुटेका हून् ।
पूर्वमहामन्त्री शशांक कोइरालाको निम्तोमा उनको घरमा बिहीबार पूर्वउपसभापतिहरू विमलेन्द्र निधि, विजयकुमार गच्छदार, पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला र प्रवक्ता प्रकाशशरण महत पुगेका छन्।
पूर्वपदाधिकारीहरू छलफलमा जुटेका छन् भने निवासमा चियापान समारोह पनि आयोजना गरिएको छ।
१४ औं महाधिवेशन तयारी चल्दै गर्दा पनि शशांक-विमलेन्द्र-प्रकाशमान सिंहबीच छलफल हुने गर्थ्यो। कांग्रेसको १५ औं महाधिवेशनका लागि पनि उनीहरूले एकअर्काका निवासमा पुगेर ‘लञ्च मिटिङ’ गर्दै आएका छन्।









