सत्तारुढ दलहरूको बैठक बस्दै



काठमाडौं । सत्तारूढ राजनीतिक दलहरूको बैठक आज बस्दैछ ।

बैठक बिहान ११ बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्ने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

बैठकमा काठमाडौंमा भइरहेका शिक्षक आन्दोलन, चिकित्सक आन्दोलन, सहकारी तथा निजामती कर्मचारीहरूको आन्दोलनलगायत विषयमा छलफल हुने बताइएको छ ।

यस्तै, बैठकमा समसामयिक राजनीति, मुलुकमा देखिएका विभिन्न किसिमका गतिविधिका विषयमा छलफल हुनेछ ।

प्रकाशित मिति : बैशाख १७, २०८२ बुधबार  ९ : २० बजे