काठमाडौं । साताको अन्तिम कारोबार दिन सेयर बजार मापक नेप्से परिसूचक झिनो अंकले बढेर बन्द भएको छ ।
बिहीबार नेप्से परिसूचक ३.७६ अंकले बढेर २,९८२.६४ विन्दुमा बन्द पूगेको हो ।
नेप्से झिनो अंकले बढे पनि कारोबार रकम भने उत्साहजनक रहेको छ ।
आज कूल १८ अर्ब ४९ करोड ४ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ ।
यस दिन १२३ वटा कम्पनीको शेयर मूल्य बढेको छ भने १२७ वटा कम्पनी शेयर मूल्यमा गिरावट आएको नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले जनाएको छ ।














