धादिङ । मुग्लिन-काठमाडौं सडकखण्ड दुईतर्फी अवरुद्ध भएको छ।
पृथ्वी राजमार्गअन्तर्गत धादिङको बेनीघाट रोराङ गाउँपालिका- १० स्थित जवाङ खोलामा सुक्खा पहिरो खसेपछि अवरुद्ध भएको हो ।
गएराति खसेको पहिरो पन्छाएर केही समय एकतर्फी सञ्चालनमा आएको सडकमा राति नै पुनः ठूलो पहिरो खसेपछि हाल दुबै तर्फको आवागमन रोकिएको सडक डिभिजन कार्यालय भरतपुरले जनाएको छ।










