यस्तो छ फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनको कार्यतालिका



काठमाडौं, २० असोज । निर्वाचन आयोगले आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचन समयवद्ध रुपमा सञ्चालनको लागि निर्वाचन कार्यतालिका स्वीकृत गरेको छ ।

सोमबार बसेको आयोगको बैठकले निर्वाचन कार्यतालिका स्वीकृत गरेको हो ।

आयोगले सार्वजनिक गरेको कार्यतालिकाअनुसार आगामी मंसिर १ गतेदेखि १० गतेसम्म निर्वाचन प्रयोजनको लागि राजनीतिक दल दर्ताको कार्यक्रम तोकेको छ ।

फागुन ३ गतेदेखि फागुन १८ गतेसम्म प्रचारप्रसारको समयावधि तोकेको छ । त्यसपछि प्रचारप्रसार निषेध भनिएको छ ।

प्रकाशित मिति : आश्विन २१, २०८२ मंगलबार  ७ : ४१ बजे