गाडीका पार्ट पूर्जाको अवैध कारोवार गर्ने पोते प‌क्राउ



काठमाडौं । अवैध रुपमा टाटा गाडीका नक्कली पार्ट पूर्जा तथा लुब्रिकेन्टस आयात र विक्रि वितरण गरि उपभोक्ताहरुलाई ठगि गरेको आशंकामा राजकुमार पोते पक्राउ परेका छन् ।

जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकको टोलीले उनलाई बनेपाबाट पक्राउ गरेको हो । पक्राउ परेका पोतेको बनेपा स्थित नेष्ट जेनेरेशन अटोमोटिभ प्रालिको पसल तथा गोदाममा प्रहरीले छापा मारि करोडौं मूल्यका अवैध रुपमा आयात गरिएको नक्कली पार्टपूर्जा बरामद गरेको छ।

प्रहरी पोतेको पसल र १० वोटा गोदाम समेत सिलबन्द गको छ। पक्राउ परेका पोते यस अगाडी पनि बारम्बार राजस्व ठगिको केसमा पक्राउ र कारबाहीमा परेका व्यक्ति हुन ।

यस्ता नक्कली पार्टपूजाहरूका प्रयोगले गाडीहरुको दुर्घटना व्यापक बढेर ठूलो मात्रामा जनधनको क्षती हुनुको साथै राजश्वको ठूलो हिस्सा गुमिरहेको प्रहरीले जनाएको छ।

वैधानिक रूपमा कारोवार गर्ने व्यवसायीहरु प्रत्यक्ष रुपमा प्रभावित भै व्यवसायवाटै पलायन हुने अवस्थामा पुगेपछि प्रहरी प्रशासनले देशभर यस्था अवैध कारोवारमा संलग्न व्यक्तिहरू‌को व्यापक खोजी कार्य र कारवाहीलाई तिव्र बनाउने जनाएको छ।

प्रकाशित मिति : श्रावण २२, २०८३ शुक्रबार  ११ : १७ बजे