सुनको मूल्य बढ्यो, कतिमा हूँदैछ कारोबार ?



काठमाडौं । नेपाली बजारमा आज (मंगलबार) सुनको मूल्य बढेको छ भने चाँदी घटेको छ।

सोमबार प्रतितोला दुई हजार तीन सय रूपैयाँ बढेको सुनको मूल्य यसदिन भने तोलामा सात सय रूपैयाँ बढेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला दुई लाख ७५ हजार रूपैयाँमा कारोबार भइरहेको छ। सोमबार सुन प्रतितोला दुई लाख ७४ हजार तीन सय रूपैयाँमा कारोबार भएको थियो।

यस्तै, मंगलबार चाँदीको मूल्य भने घटेको छ। सोमबार प्रतितोला तीन हजार सात सय २० रूपैयाँमा कारोबार भएको चाँदी यसदिन तोलामा तीन हजार ६ सय ७५ रूपैयाँमा कारोबार भइरहेको छ।

प्रकाशित मिति : कार्तिक १७, २०८३ मंगलबार  ११ : ०९ बजे