काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले नेपाल संवत् मौलिक पहिचान, समृद्ध संस्कृति र गौरवशाली परम्पराको प्रतीक भएको बताएका छन् ।
नेपाल संवत् ११४७ को शुभकामना दिदै सभापति थापाले यस्तो बताएका हुन् ।
सभापति गगनकुमार थापाले नेपाल संवत् ११४७ को अवसरमा सबैको जीवनमा नयाँ आशा, उत्साह, सुख, शान्ति र समृद्धि , आपसी सद्भाव, आत्मीयता र एकताको कमना गरेका छन् ।
थापाले सामाजिक सञ्जालबाट शुभकमना दिदै ले लेखेका छन्, ‘हाम्रो मौलिक पहिचान, समृद्ध संस्कृति र गौरवशाली परम्पराको प्रतीक नेपाल संवत् ११४७ को शुभ अवसरमा सम्पूर्ण नेपाली आमाबुवा, दिदीबहिनी तथा दाजुभाइहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछु।लोककल्याण र परोपकारको प्रेरणादायी विरासत बोकेको नेपाल संवत्को नयाँ वर्षले हामी सबैको जीवनमा नयाँ आशा, उत्साह, सुख, शान्ति र समृद्धि ल्याओस्। हामीबीचको आपसी सद्भाव, आत्मीयता र एकता अझ प्रगाढ बनोस्।यसै अवसरमा मनाइने म्हः पूजाले सबैमा आत्मसम्मान, सकारात्मक ऊर्जा, सुस्वास्थ्य र नयाँ आत्मविश्वास प्रदान गरोस्। हाम्रो सांस्कृतिक विविधता र एकताको भावनालाई अझ बलियो बनाउँदै नयाँ वर्षले समुन्नत नेपालको साझा यात्रामा थप प्रेरणा प्रदान गरोस्।’










