काठमाडौं । धितोपत्र दोस्रो बजार मापक(सेयर बजार) नेप्से परिसूचक २१.१२ अंकले घटेको छ । आईतबार सेयर बजार ०.८० प्रतिशतले घटेर २,६०९.५८ विन्दुमा बन्द भएको हो ।
माइक्रोफाइनान्स सेक्टर सबैभन्दा धेरै १.१२ प्रतिशत बढेको छ । त्यस्तै अन्य समूह ०.२९ प्रतिशत बढ्यो । फाइनान्स समूह सबैभन्दा धेरै ४.४७ प्रतिशत घट्यो ।
बैंकिङ ०.८७, विकास बैंक २.६५, हाइड्रोपावर १.७३, लगानी ०.६६, जीवन बीमा ०.३९, उत्पादन ०.८१, निर्जीवन बीमा ०.१२ तथा व्यापार समूह १.०३ प्रतिशत घटेको छ ।
आज ६९ कम्पनीको सेयरमूल्य वृद्धि भएको छ भने १७२ कम्पनीको सेयर मूल्य घटेको छ नेप्सेले जनाएको छ ।










