सोमबार सेयर बजार १०.६१ अंकले घटेर २६३३.३२ विन्दुमा



काठमाडौं । साताको दोस्रो कारोबारको दिन सेयर बजार परिसूचक १०.६१ अंकले घटेकोे छ । आज सोमबारको कारोबारमा १०.६१ अंकले घटेर २६३३.३२ विन्दुमा पूगेको छ ।

अघिल्लो दिनसम्म उच्च दरले घटेको फाइनान्समा यस दिन आकर्षण देखिएको छ । अघिल्लो दिन फाइनान्स सेक्टर ४.७६ प्रतिशत घटेकोमा आज सोमबार ३.४६ प्रतिशत बढेको छ ।आज ८ अर्ब ९२ करोड ४० लाख रुपैयाँ ६५ हजार रुपैयाँ बराबरको सेयर कारोबार भएको छ ।

१०५ कम्पनीको सेयर मूल्य बढेको छ भने १२९ कम्पनीको सेयर मूल्य घटेको छ र नौ कम्पनीको सेयर मूल्य स्थिर रहेको नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले जनाएको छ ।

प्रकाशित मिति : माघ १४, २०८१ सोमबार  ३ : ५८ बजे