काठमाडौं । धितोपत्र दोस्रो बजार मापक सेयर बजार (नेप्से) ११.६४ अंकले घटेको छ । बिहीबार नेप्से ०.४२ प्रतिशतले घटेर २,६९९.८१ को विन्दुमा पुगेको छ ।
यस दिन नौ अर्ब २४ करोड ७३ लाख रुपैयाँमा एक करोड ८६ लाख ८० हजार ३९२ कित्ता सेयर कारोबार भएको छ ।
बैंकिङ ०.३५, होटल तथा पर्यटन ०.३७, हाइड्रोपावर ०.३८, लगानी ०.३९, जीवन बीमा ०.१६, उत्पादन तथा प्रशोधन ०.४०, माइक्रोफाइनान्स ०.५९, निर्जीवन बीमा ०.४५, अन्य १.०५ र व्यापार ०.११ प्रतिशत घटे । अपरलोहोरेखोलाको मूल्य १० प्रतिशत बढ्यो । सेन्ट्रल फाइनान्सको ६.५१, सुपरमादी हाइड्रोपावरको ५.७१, मल्टिपर्पस फाइनान्सको ४.९६ तथा नेपाल फाइनान्सको ४.१६ प्रतिशत मूल्य बढ्यो ।
बिहीबार ७४ कम्पनीको सेयरमूल्य बढेको छ भने १६० कम्पनीको सेयरमूल्य घट्दा नौ कम्पनीको मूल्य स्थिर रहेको नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले जनाएको छ ।














