काठमाडौं । धितोपत्र दोस्रो बजार मापक सेयर बजार (नेप्से) १०.९८ अंक घटेको छ । सोमबार सेयर बजार घटेर २६७७ को विन्दुमा पुगेको छ ।
यस दिन ६ अर्ब ९६ करोडको सेयर कारोबार भएको छ ।बैंकिङ ०.१७, विकास बैंक ०.२१, फाइनान्स १.२३, होटल तथा पर्यटन ०.१७, हाइड्रोपावर ०.७६, लगानी ०.४५, जीवन बीमा ०.६१, उत्पादन २.०७, माइक्रोफाइनान्स ०.२७ प्रतिशत घटे । निर्जीवन बीमा स्थिर रह्यो ।
न्यादी हाइड्रोपावर र गार्डियन माइक्रोलाइफ इन्स्योरेन्सको मूल्य १० प्रतिशत बढ्यो । त्यस्तै नेपाल रिपब्लिक मिडियाको ८.८४ तथा सप्तकोशी विकास बैंकको ६.४३ प्रतिशत मूल्य बढ्यो । बोटलर्स नेपाल बालाजु र उपकार लघुवित्तको मूल्य १० प्रतिशत घट्यो । सुपर मादी हाइड्रोपावरको ८.२४, सामुदायिक लघुवित्तको ८।१०, अपर लोहोरेखोलाको ६।२५ प्रतिशत मूल्य घट्यो ।
यस दिन ७७ कम्पनीको मूल्य बढ्दा १६१ को घट्यो भने ६ को स्थिर रहेको नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले जनाएको छ ।














